विद्यालय शिक्षा सम्बन्धी विधेयकको स्थानीय तहले पनि गरे विरोध
काठमाडौं, असाेज ३
स्थानीय तहले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्तिमार्फत सरकारले संसद्मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकारविपरीत रहेको बताएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाही र संघका महासचिव नरुलाल चौधरीले जारी गरेको विज्ञप्तिमा संघीयता र संविधानको मर्मविपरीत विधेयक आएको विधेयक मान्य नहुने चेतावनी उल्लेख छ ।
विधेयकले स्थानीय तहको अधिकार खोसेको उनीहरूको निष्कर्ष छ ।
प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार