अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढ्दो
काठमाडौं, भदाैँ असाेज २
भ्रष्टाचारविरुद्धको मुद्दामा सफाइ दिइएको विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढेको छ ।
भ्रष्टाचारको अभियोगमा प्रतिवादी बनाइएकाहरूलाई विशेष अदालत काठमाडौंले धमाधम सफाई दिएको, आंशिक कसूर ठहर गरेको, बिगो रकम कम कायम गर्नेउपर चित्त नब्ुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को कसुरमा दायर गरिएका मुद्दाहरूमा मागदाबी लिइएअनुरूप फैसला नभएपछि पुनरावेदन दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै १० दिनयता पा“चवटा मुद्दा सर्वोच्च अदालतमा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । त्यसमध्ये बुधबार मात्रै तीनवटा मुद्दा दायर गरेको थियो । घुस लिएको अभियोगमा दायर दुई वटा मुद्दामा प्रतिवादीहरूले सफाई पाएको र एउटा मुद्दा आंशिक कसूर ठहर भएको थियो । सुर्खेतको सिम्ता गाउ“पालिका वडा नं १२ देउली–सिर्पा–काफलकोट जोड्ने सडकको विषयमा दायर मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिइएको थियो ।
आयोगले भ्रष्टाचारको अभियोगमा नवीन शर्मा, शिवशंकर पोखरेल, भुवानीसिंह ठकुरी, टिका वली र नन्दसिंह ठकुरीलाई ४ लाख ५६ हजार ४ सय ३१ रुपिया“ बिगो कायम गरी दायर गरेको मुद्दामा विशेष अदालतले सफाई दिएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार