नेपालमा राजनीति नगर्न चिनियाँ राजदूतलाई लोसपा नेता झाको चेतावनी


 


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बौद्धिक नेता डा.सुरेन्द्र झाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई नेपालमा राजनीति नगर्न चेतावनी दिएका छन् ।

चिनियाँ राजदूत सोङले केही दिन अगाडि दिएको अभिव्यक्तिको विरोधमा लोसपानिकट लोविसंघले शनिबार निकाले विरोध जुलुसमा नेता झाले सो चेतावनी दिएका हुन् ।

राजदूत सोङलाई इङ्गित गर्दै नेता झाले भने, ‘तपाइँ कुनै नेता होइन, चीन सरकारको एउटा कर्मचारी हो । तपाइँ नेपालमा राजनीति गर्ने होइन । राजनीति गर्ने मन छ भने चीनमा गएर राजनीति गर्नुस् ।’

उनले गैरमर्यादित र गैरकुटनीतिक अभिव्यक्ति दिने चिनियाँ राजदूतलाई सरकारले अविलम्ब फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र व्यापार सम्बन्धलाई असर पुग्ने अभिव्यक्ति दिन कुनै पनि अन्य देशका प्रतिनिधिलाइृ अधिकार नरहेको जिकिर गरे । चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेको कारण नेपालका कैयौं व्यापारीहरु आत्महत्या गरेको र अझै पनि कैयौं व्यापारीहरुहरु पीडामा रहेको कुरा स्मरण गराए ।

भारत सरकारले नेपालको १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेलगत्तै चिनियाँ राजदूतले त्यसमा असर पर्ने गरी अभिव्यक्ति दिनु गैरकुटनीतिक रहेको उनको भनाइ ।

भारतले नेपालको बिजुली किन्ने गरेको निर्णय नेपालको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्