मेडिकल कलेजमा तोडफोड


 


chitwan-medical-collegeचितवन, मंसिर २२

गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको छ ।

बुधबार दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेटको सिसा तोडफोड गरेको अस्पतालले जनाएको छ । भीड नियन्त्रणमा खटिएका तीनजना प्रहरी पनि घाइते भएका जनाइएको छ ।

सुत्केरी व्यथा लागेकी भरतपुर उपमहानगरपालिका कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको मृत्यु भएपछि उनका आफन्तले विरोध गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि सुनितालाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । चिकित्सकको लापरबाहीले सुनिताको मृत्यु भएको उनका आफन्तहरुको आरोप छ ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्