तीनकुने सामूहिक हत्या प्रकरण : हत्यामा प्रयोग भएको खुकुरी र चुलेसी बरामद


 


काठमाडौं, भदाैं ३१
काठमाडौंको तीनकुनेमा चार जनाको हत्यामा प्रयोग भएको हतियार बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो ।

खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो ।

लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो ।

मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो ।

प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राई आफैं अनुसन्धानको दायरामा परेका थिए । उनीसहित चारजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्