यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, भदाैं ३१
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ । आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार