२०८० भदौं ३१ गते आइतबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । शेयर बजारको कारोबार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कामको थालनी होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोश, जाँगर बढ्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार