एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा


 


काठमाडौं, भदौ २९ । नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुने एसियाली खेलकुदको १९ औँ संस्करण हुँदैछ ।

प्रतियोगिताका लागि शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको हो । घोषित टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल र गुलसन झा रहेका छन् ।

यसैगरी क्यानले सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादब, अविनाष बोहरा र सन्दीप लामिछानेलाई पनि एसियाली खेलकुदका लागि घोषित टोलीमा समावेश गरेको छ ।

विश्वका ४५ देशको सहभागिता रहने एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ पुरूष गरी कुल दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्