कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्छ : मन्त्री बस्नेत


 


dlGqkl/ifbsf] lg0f{o ;fj{hlgs ;”rgf tyf ;~rf/dGqL df]xgaxfb’/ a:g]t l;+xb/af/df laxLaf/ a;]sf] dlGqkl/ifbsf] a}7ssf]] lg0f{o ;~rf/sdL{nfO{ hfgsf/L lbg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, भदौ २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताएका छन् ।

काठमाडौँमा आव (शुक्रबार) आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो माग राखेका हुन् । उनले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने र यसको जिम्मा राज्यले लिनुपर्ने बताए ।

उनले आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको बताए । उनले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको बताए ।

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू पनि पूर्वसर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्