प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री, भ्रमणबारे जानकारी


काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने लगायतका विषयमा जानकारी गराएका हुन्।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाँदैछन् भने त्यहीँबाट आगामी असोज ५ गते चीन जाने कार्यक्रम छ।
प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार