घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ
बर्दिया, भदौ २७ । सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुरस्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
ृउनलाई अियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार