भाेजपुर पुसमा पूर्ण खाेपयुक्त जिल्ला घाेषणा हुँदै
भाेजपुर, मंसिर २१
जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पौष २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सिता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा ७ सदस्यीय उपसमिती समेत गठन गरेकाे छ । उपसमितिको सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष डम्बर श्रेष्ठ, गैह्र–सरकारी संस्था महासंघका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासंघबाट सरिता राई, सुआहाराका जिल्ला संयोजक गोविन्द सेढाई, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रतिनिधी र नगरपालिकाका प्रतिनिधि रहेका छन् ।
बैठकले स्वास्थ्य मन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथीको रुपमा आमन्त्रण गर्ने समेत निर्णय गरेको छ । खोप एेन २०७२ को अवधारणा लगायतको विषयमा स्वास्थ्य कार्यलयका निमित्त कार्यालय प्रमुख राजु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार