विद्यालय शिक्षा ऐन २०८० विधेयक संसद्मा दर्ता
काठमाडौं, भदौ २७ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ ।
मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो ।
संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन् । दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ ।
ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार