बाल सुधार गृहमा तनाव : प्रहरीले गर्‍यो हवाइ फायर, ११ जना घाइते


 


पर्सा, भदाैं २७
पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव सृजना भएको छ ।

सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलबार बेलुकी विवाद बढ्दा तनाव उत्पन्न भएको हो ।

विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी पुगेको थियो ।

तनाव साम्य पार्न प्रहरीले बाहिरबाट हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको थियो । यस क्रममा ११ बाल कैदीबन्दी सामान्य घाइते भएको उनले बताए। वीरगञ्जस्थित नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्