लिबिया आँधी : ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो


 


एजेन्सी, भदाैं २७
लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ ।

पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएका हुन् ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।

सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्