एमालेका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित
काठमाडौं, भदाैं २६
नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।
एमाले नेता प्रदीप ज्ञवालीले भने, “पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।”
पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।
प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार