सवा ३ घण्टा ताली बजाएर विश्व कीर्तिमान
![](https://www.deshkonews.com/wp-content/uploads/2023/09/tali.jpg)
![](https://www.deshkonews.com/wp-content/uploads/2023/09/tali-768x432.jpg)
एजेन्सी । युगान्डाको एक क्रिस्चियन संस्थाले ताली बजाएर कीर्तिमान कायम गरेको हो । उक्त संस्थाको नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६ जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर रेकर्ड कायम गरेका हुन् ।
राजधानी कम्पालाको एएमए मल्टीपर्पोज हलमा यशुका लागि ताली बजाउने सो कार्यक्रममा थियो । त्यहाँ उनीहरुले लगातार ३१६ मिनेटसम्म ताली बजाए ।
सयौं जनाले एकसाथ ताली बजाउँदा आवाजको तीव्रता ८८.५ डेसिबल पुगेको थियो । नियमानुसार समूहका सबै सदस्यले लगातार ताली बजाउनु पर्दथ्यो र त्यसक्रममा कोही पनि थाकेर छाड्न वा शौचालय जानसमेत पाइँदैनथ्यो ।
यदि तिर्खा लाग्यो भने कोही सहयोगले बोतल मुखमा हालिदिएर पानी पियाउनु पर्दथ्यो, आफ्नो हातले बोलत समाउन पाइन्नथ्यो । पानी पिउँदै गर्दा पनि ताली बजाएकै हुनुपर्थ्यो । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
गिनिज वर्ल्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा उक्त कार्यक्रमको भिडियो राखेको छ । यसअघि सबैभन्दा पहिले सन् १९९१ मा यस्तो रेकर्ड बनेको थियो । स्पेनी ओपेरा गायक प्लासिडो डोमिंगोको प्रस्तुतिका क्रममा दर्शकहरु खुसी भएर लगातार एक घण्टा २० मिनेटसम्म ताली बजाएका थिए ।
त्यस्तै सन् २००२ मा जर्मन ब्याण्ड ग्रेबोव्स्कीको प्रस्तुतीका क्रममा मानिसहरुले एक घण्टा ३० मिनेटसम्म ताली बजाएका थिए । त्यस्तै सन् २०१९ मा दुई घण्टा ५ मिनेट ताली बजाएर कीर्तिमान कायम गरिएको थियो ।
प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार