मधेसी नेतालाई गिरफ्तार गर्न कांग्रेस नेताको माग


 


काठमाडाैं, मंसिर १९

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मधेसी नेताहरुले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मधेसी नेतालाई तत्काल गिरफ्तार गरेर राजद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

gururaj-ghimire

राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायत शीर्ष नेताकै अगाडि यस्तो अभिव्यक्ति दिनेलाई तत्काल राजद्रोहको मुद्दा लगाउन प्रधानमन्त्रीसँग माग गरेका हुन् । सामाजिक संजाल फेसबुक स्टाटस लेख्दै घिमिरेले मोलाहिजाले देश नचल्ने भन्दै घिमिरेले यस्तो माग गरेका हुन् ।

आइतबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा केही नेताले देश टुक्रिने चेतावनी दिएको बताइएको छ । नेकपा (माले) का महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा भनेका थिए, “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन यस्तो पनि आउला मधेस नै गुमाउनुपर्ने हुनसक्छ” ।

यद्यपी राष्ट्रपति भण्डारीले सबै दल मिलेर वर्तमान समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्