बाबुराम भट्टराई भन्छन् – नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो


 


काठमाडौं, भदाैं २२
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको बताएका छन् ।

कोशी प्रदेशमा सरकार गठनको अभ्यास र अदालतको आदेशलाई संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरे ।

अहिलेको सत्ताधारी पक्षले कोशी प्रदेशमा दुई–दुईपटक संविधान र कानुन मितेर अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गरेको र अन्ततः सर्वोच्च अदालतले त्यसलाई डण्डित गरेको भट्टराईको भनाइ छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो ! पहिलेको सत्ताधारी पक्षले जानीजानी दुई–दुईपटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत् सच्याइएको थियो।

त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नम्बर (कोशी) प्रदेशमा त्यसरी नै दुई–दुईपटक संविधान र कानुन मिचेर सभामुखरसभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्‍यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गर्‍यो।

हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरूत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्दत भैरहेछन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगीरबाबाहरूको भेषमा जनताको अग्रगामीरलोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक हो।

यो संगीन घडीमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको छ। अब यसवारे कुनै किन्तुपरन्तु गर्ने ठाउॅ र समय रहेन। देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बनौंस आवश्यक पहल गरौं !’

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्