चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण


 


काठमाडौं । पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र नेपाली दल आँफै सक्षम छन् । हाम्रो सञ्चालनको तौरतरिकामा हामीले कसैलाई पनि टिकाटिप्पणी गर्न अधिकार दिएका छैनौं ।”

चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्ति कुटनीतिक मर्यादाविपरित रहेको उनको टिप्पणी छ । उनले भने–”हाम्रा प्रत्येक देश १८५ देशसँग दौत्य सम्बन्ध छन् । भारत र चीन हाम्रा दुई छिमेकीहरुसँग सुमुधर सम्बन्ध छ । केही वर्ष यता के देखियो भन्यो आफ्नो विषयवस्तुलाई, आफ्नो विषयमा उठेका प्रश्नहरुलाई प्रतिउत्तर दिनुभन्दा अरु मुलुकसँग नेपालको सम्बन्धमा मित्रराष्ट्र चीनका परराष्ट्रमन्त्री र राजदूतले बोल्न थाले । नेपालका लागि चिनियाँ राजदूतले आइतबार बोलेको कुरा मैले सुनेको थिइनँ । १९६० मा भारत र चीनबीचको युद्धको बेलामा पनि राजदूतहरुबीच नेपालमा पनि केही वाकयुद्ध भएको थियो कि भनेर हेरेको थिएँ । केही पनि भएको रहेनछ । त्यो बेलामा पनि उनीहरु बोलेनन् । सन् २०२० मा गल्वानमा चीन र भारतबीच युद्ध हुँदा यहाँ नेपालमा भएका भारत र चीनका राजदूतहरु कोही बोलेनन् । तर २०२०/०२१ तिर जब हामीले एमसीसी एग्रिमेन्ट पार्लियामेन्टबाट अनुमोदन गर्न थाल्यौं, चीनको परराष्ट्र मन्त्रालय बोल्न थाल्यो । आइतबार जुन चिनियाँ राजदूतले बोल्नुभएको छ, त्यो अमर्यादित, अकुटनीतिक र एकदमै अनवारेन्टेड र यस्तो अनकल भन्छ अंग्रेजीमा । त्यस्तो किन उनले किन बोले ? मैले बुझ्न सकेको छैन् ।’

रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चिनियाँ राजदूतको यस्तो अभिव्यक्तिको अर्थपनि केलाए । उनले भने,‘चिनियाँ राजदूतले तीन वटा कुरा गरे । पहिलो कुरा उनले वर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई नेगेट गरे । अस्विकार गरे । नेपालमा विद्युत लगानी गर्न हाम्रो पाइभेट सेक्टर र निजी सेक्टरको कुरा हो, १० हजार मेगावाटको लागि अब, कमसेकम हामीे २० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्छ । त्यसको लागि अन्तर्राष्ट्रिय समूदायलाई नेपालले कल गरेको छ, त्यसमा उनले कमेन्ट गरेका छन् । तेस्रो कुरा उनले नेपालको निर्यात र आयातमा कमेन्ट गरेका छन् ।’

उनले सन् २०१९ को अक्टोबरमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ राजदूतहरुको गतिविधि नेपालको आन्तरिक राजनीतिमा सिधै प्रभाव पार्ने खालका गतिविधि देखिएको टिप्पणी गरे । उनले भने,‘दुई कम्युनिष्ट एक पार्ने कुरादेखि, यो भन्दा अगाडिको राजदूत राति १२ बजे राष्ट्रपतिलाई भेट्ने, विहान ७ बजे प्रधानमन्त्रीलाई भेट्ने, ९ बजे प्रचण्डलाई भेट्ने अनि १० बजे माधव नेपालालई भेट्ने काम भए । यस्तो खालको गतिविधि दुनियाँमा कहीँ देखिएको थिएन । चिनियाँ राजदुत र चिनियाँ नेताहरुको गतिविधि देखिएको थियो । हाम्रा नेताहरु चीन गएर आएपछि चीनले एक होउ भनेको कुरा गरेका छन् । यो पनि आन्तरिक मामिलामा हस्तक्षेप हो । भुकम्पको बेलामा रोकिएको तातोपानी नाका अवरोध भयो ।’

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्