चिनियाँ राजदूतको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई


 


काठमाडाैं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ ।

बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो ।

समितिका सभापति राजकिशोर यादव छन् । मन्त्री साउदलाई भने यही बिहीबार छलफलको लागि समितिको बैठकमा बोलाईएको हो । पछिल्लो समय चीनले आफ्नो नयाँ नक्सा जारी गर्ने क्रममा नेपाले संसदबाट संसोधन गरेको नयाँ नक्सामा राखिएको भूभागलाई हटाएर आफ्नो नक्सा जारी गरेपछि त्यसको विरोध भइरहेको छ ।

यस्तै गएको शनिबार चिनियाँ राजदूत छेन सोङले अर्को छिमेकी मुलुक भारतसँगको व्यापारिक सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादास्पद भइरहेको छ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्