मावि तह ४ वटा विषय शिक्षकको नतिजा सार्वजनिक


 


काठमाडौं, भदौ २० । शिक्षक सेवा आयोगले माध्यामिक तह तेस्रो श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार नेपाली, शुक्ल यर्जुर्वेद, संस्कत व्याकरण र संस्कृत साहित्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले कोशी प्रदेशको लागि ११ रिक्त नेपाली विषय शिक्षक पदका लागि विज्ञापन गरेको थियो ।

१९८ जना सहभागी विषयगत परीक्षाबाट २० जना उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा २४ रिक्त पदको लागि ३९ जना, बागमती प्रदेशको २८ रिक्त पदको लागि ४१ जना, गण्डकी प्रदेशको ३२ रिक्त पदको लागि ४७ जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी नेपाली विषयगत परीक्षामा ११ रिक्त पदको लागि २३ जना, कर्णाली प्रदेशको ९ रिक्त पदको लागि १७ जना र सुदूरपश्चिम प्रदेशको ९ रिक्त पदको लागि २० जना उत्तीर्ण भएका छन् । मधेशी समुदायको लागि एउटा कोटा छुट्याएकोमा कुनै पनि उम्मेद्वार सफल नभएको आयोगले जनाएको छ ।

उत्तीर्ण उम्मेद‍्वारको अन्तर्वार्ता असोज १७ र १८ गते हुने छ । आयोगले सोमबार अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले गत असार ९ गते विषयगत परीक्षा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्