एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित


 


काठमाडौं, भदाैं २०
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव पुरुषमा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव महिलामा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।

गत १६ गते सुरू भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्