भारतविरुद्ध आसिफ शेखले बनाए अर्धसतक


 


काठमाडौं, भदौ १८ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् ।

रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्