भारतले टस जित्यो, नेपालविरुद्ध पहिला बलिङ गर्ने
काठमाडौं, भदौ १८ । नेपालले एसिया कपमा विश्व क्रिकेटमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।
प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार