हिन्दी फिल्म ‘गदर २’ले रच्यो नयाँ इतिहास


 


काठमाडौं, भदौ १८ । सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।

फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ ।

अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०.९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर(२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्