शुक्लाफाँटाले भारतविरूद्धको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख दिने


 


कञ्चनपुर, भदौ १८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज हुने भारतविरूद्ध खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक÷एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।

शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गरेको थियो। एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्