एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी दर्ता


 


काठमाडौं, भदाैं १८
एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

सहहमतीमा नेतृत्व टुंगाउने प्रयास गरेपनि अन्तत दुई समूहबाट अध्यक्षमा उमेदवारी परेको हो । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । प्युठानका रिजाल केन्द्रीय सदस्य समेत रहेका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन्।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्