कोशी सरकारविरुद्धको रिट आजदेखि पुर्ण इजलासमा सुनुवाइ हुने


 


काठमाडौं, भदाैं १८
कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो ।

रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो । रिटमा पेसी पनि इजलासबाटै तोकिएको बताइएको छ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले थापा नेतृत्वको सरकारलाई दीर्घलीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएका थिए।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्