एनएमबि बैंकको डेबिट कार्डमा क्यासब्याक अफर
काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ ।
सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् ।
यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।
प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार