प्रधानमन्त्रीविरुद्ध नाराबाजी


 


prachandaवुटवल, मंसिर १९

सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा लगातारजसो प्रदर्शनहरु भइरहेका छन् ।

आजपनि बुटवलमा बिहानैदेखि प्रदर्शन गरिएको छ । रुपन्देहीका विभिन्न ठाउँमा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको छ ।

संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् ।

काठमाडौंमा दुई सत्ताधारी कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव दर्ता गराएपनि प्रदेशस्तरमा कार्यकर्ताले त्यसलाई ठाडै चुनौति दिएका छन् ।

कांग्रेस माओवादी केन्द्रका केन्द्रीय नेता र सांसदनै सरकारी प्रस्तावविरुद्ध प्रदर्शनमा सहभागि भएका छन् ।

गुल्मीमा भने संशोधन प्रस्तावको विरोधमा अनिश्चितकालिन आम हड्ताल आह्वान गरिएको छ ।

राजनीतिक दल, संघ संस्था, पत्रकार, नागरिक समाजको गएराति बसेको बैठकले आन्दोलन सशक्त बनाउन भन्दै आमहड्तालको आह्वान गरिएको हो ।

यातायात, पसल, सरकारी कार्यालय सबै बन्द गरिएको छ भने शैक्षिक संस्था पनि खोल्न दिइने छैन । प्रदेश सिमांकनको विरोधमा गुल्मी, अर्घाखांची, रोल्पा र प्यूठानमा पनि  नाराबाजी भैरहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्