अझै फेला परेनन् हराइरहेका सेनाका मेजर


 


काठमाडौं, भदौ १४
आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन् ।

दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर सम्पर्कविहीन भएका थिए ।

‘नेपाली सेना, प्रहरीहरूले पाँच दिनदेखि खोजी कार्य जारी राख्नुभएको छ। उहाँ सम्पर्कमा आउनुभएको छैन,’ प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले भने ।

आइतबार ४ः५५ बजे बडीगार्ड छाडेर हिँडेका पण्डितको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको जिल्ला प्रहरी प्रमुख शिव बुढाथोकीले जानकारी दिए ।

जिल्लाका सम्भावित सबै ठाउँ खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पण्डित काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन् ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्