राष्ट्रपतिले आह्वान गरिन् सर्वदलिय बैठक, के छन् एजेण्डा ?
काठमाडौं, मंसिर १९
संविधान शसोधनको प्रस्ताव पछि अझ राजनीतिक संकट बढीरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनु भएको छ । आज अपरान्ह ४ बजे पछि राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकका लागि आव्हान गरिएको छ ।
बैठकमा राष्ट्रपतिले सहमति गरेरै सबै विषय टुंगो लगाएर जान दलहरुलाई आग्रह गर्नु हुने छ । यस अघि राष्ट्रपतिले ठूला दलका नेतालाई बोलाएर सहमतिका साथ जान आग्रह गरीसक्नु भएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार