पाकिस्तानविरूद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं, भदौ १३ । नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपाललाई बलिङको निम्तो दिएका छन् । नेपालले आजको खेलमा बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीलाई मैदान उतारेको कप्तान रोहितले टसको समयमा जानकारी दिएका छन् ।
पाकिस्तानले प्लेइङ ११ हिजो नै सार्वजनिक गरेको थियो । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्न लागेको हो । योसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बनेको छ ।
एसोसिएटमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता टोली हो ।
प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार