एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै
काठमाडौं, भदाैं १३
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बैठक बस्न लागेको हो ।
बैठकका लागि अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट सिरहा जाँदैछन् । अन्य नेताहरु पुग्ने क्रममा छन् ।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै संगठन सुढृढीकरणका लागि आगामी कार्यक्रम तय गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ।
यस्तै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो ।
प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार