जी २० : राज्यमन्त्रीद्वारा स्वास्थ्य कार्यशालाको उद्घाटन


 


एजेन्सी । केन्द्रीय कृषि र किसान कल्याण राज्यमन्त्री शोभा करन्दलाजेले आज बेंगलुरुमा जी२० अन्तरगत एक स्वास्थ्य कार्यशालाको उद्घाटन गर्नुभएकाे छ । उक्त स्वास्थ्य-अवसर र चुनौती सम्बन्धी तीन दिने कार्यशालामा जी २० सदस्य राष्ट्रहरू र आमन्त्रित देशहरूका प्रतिनिधिहरू सहभागी छन्।

प्रतिनिधिहरूलाई सम्बोधन गर्दै शोभा करन्दलाजेले भन्नुभयाे, ‘कि भारतको #G20 प्रेसिडेंसीको विषयवस्तु एक पृथ्वी, एक परिवार र एक भविष्य हो र यस विषयलाई ध्यानमा राख्दै एक स्वास्थ्यमा कार्यशालाको महत्त्व प्राप्त हुन्छ।’

उहाँले कोविड महामारीको समयमा भारतले अन्य देशहरूलाई संकट कम गर्न मद्दत गरेको उल्लेख गर्नुभयाे । देशहरू बीचको यो सहकार्य स्वास्थ्य क्षेत्रमा दिगो सहयोग संयन्त्रको लागि अन्वेषक, शिक्षाविद् र पेशेवरहरूसम्म पुग्नै पर्ने उहाँले बताउनु भयाे ।

उहाँले ज्ञान, अनुभव र स्रोतसाधन आदानप्रदान गर्न सामंजस्यपूर्ण प्रणालीको विकास गर्न सञ्चार इन्टरफेसका लागि साझा मञ्च निर्माण गर्न प्रतिनिधिहरूलाई आग्रह गर्नुभयाे । उहाँले समावेशी आर्थिक वृद्धिका लागि नीतिगत पहल आवश्यक रहनु पर्नेमा जाेड दिनुभयाे ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्