सरकारलाई ओलीको चुनौती – गिरीबन्धु टि स्टेट, वाइडबडी, यती र ओम्‍नीको छानबिन गर्नू


 


काठमाडौं, भदाैं १२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधिहरुलाई साेमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई यस्तो चुनौती दिएका हुन् ।

उनले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिए ।

सरकारलाई यस विषयमा पहिलेदेखि नै छानबिन गर भन्दै आएको तर सरकारले नै छानबिन नगरेको उनको भनाई छ ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्