चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा अग्रवाल नियुक्त


 


काठमाडौँ, मंसिर १८

jagdish-prasad-agrawalत्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो ।

आजैदेखि लागू हुने गरी उहाँको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । डा अग्रवालको नियुक्तिसँगै चिकित्सा शास्त्रका विसङ्गति अन्त्यको माग गर्दै विगत २० दिनदेखि अनशनरत डा गोविन्द केसीका मागमध्येको एउटा माग पूरा भएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्