शिवम् सिमेन्टलाई ‘अर्गनाइजेसन सेल्स एक्सेलेन्स अवार्ड–२०२३’


 


काठमाडौं, भदौ १० । शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स एक्सेलेन्स अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । यही भाद्र ८ गते शुक्रबार काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरिएको ‘सेल्स समिट–२०२३ कार्यक्रममा शिवम् सिमेन्टले उक्त अवार्डबाट सम्मान पाएको हो ।

शिवम सिमेन्ट्स लिमिटेडका भ्वाइस प्रोशिडेन्ट निखिल अग्रवाल पनि इन्डिभिजिअल सेल्स एक्सेलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएका छन् । यसअघि पनि शिवम् सिमेन्ट सिमेन्ट क्षेत्रमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । त्यस्तै सिमेन्टले ‘बेष्ट म्यानेज्ड कम्पनी अफ द इयर–२०२२ अवार्ड पनि प्राप्त गरिसकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्दै आइरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयर होल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक–पटक विभिन्न तवरबाट सम्मानित हुँदै आइरहेको कम्पनीले जनाएको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस (आईएसआई), युआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्स प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्