सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा


 


काठमाडौं, भदौ १० । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ हुने बताइएको छ । उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ र उनको आमाको समेत उमेर विवाद देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाईसराई गर्दा पेश गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेश गर्न आदेश दिएका थिए ।

त्यससँगै क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्म दर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्