जब रामदेव महिलासँग याे रूपमा फेला परे…


 


ramdev-with-women(एजेन्सी) नयाँदिल्ली, मंसिर १८

भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

तस्बिर आपत्तिजनक त छैन । तर तस्बिर योग गुरु रामदेवको आचरणअनुसारको भएन भन्दै सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको छ ।

बेड रुममै महिलालाई अँगालोहालेर बसेपछि रामदेवको आचरणमा समेत प्रश्न उठाइएको छ । रामदेव अविवाहित हुन् । उनीसँग बसेकी महिला को हुन् र कहाँकी हुन् समाचारमा खुलाइएको छैन ।

पतञ्जलि आयुर्वेद उद्योग स्थापना गर्नका लागि हालै नेपाल आएका रामदेवको लगानीको विषयमा प्रश्न उठिरहेका बेला उनको यो तस्बिरले हँगामा मच्चाएको छ ।

एकजना गुरु कसैलाई भेट्न सक्छन् । तर उनले महिलालाई बेडरुममा जसरी पकडेर राखेका छन् त्यसलाई भने सामन्य रुपमा लिइएको छैन ।

ती महिलासँग त्यसरी बस्नु भारतीय संस्कारविरुद्ध रहेको समाचारमा उल्लेख छ । भारतका कही नाम चलेका योगीहरूको रासलीलाका समाचार बेलाबेला प्रकाशित हुने गरेका छन् । त्यसैले योग गुरु रामदेवको यो तस्बिरलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्