महिला टी–ट्वान्टी आई सिरिज नेपाललाई
काठमाडौं, भदौ ९ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिज नेपालले जितेको छ । फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपालले सिरिज जितेको हो ।
नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो ।
भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो । वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।
नेपालकी इन्दु बर्माले १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ रन बनाएकी थिईन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।
हङकङकी कप्तान केरी चानले २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १र१ विकेट लिएका थिए ।
प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार