स्वतन्त्र युवा विद्यार्थीले यसरी गरे भारतीय दुतावास घेराउ
काठमाडाैं, मंसिर १८
संविधान संशाेधन र र प्रदेश टुक्राउने सरकारकाे प्रस्ताव विरूद्द स्वतन्त्र युवा विद्यार्थीहरूकाे टाेलीले शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरिरहेका छन् । संविधान संशोधन प्रस्ताव भारतको योजनामा आएको भन्दै दबाब स्वरुप बिहान १० बजेदेखि १२ बजेसम्म दूतावास घेराउ गर्न लागिएको अनेरास्वबियुका महासचिव एेन महरले जानकारी दिए ।
भारतीय चलखेल बन्द गर, राजदूत रन्जित रेलाई देश निकालजस्ता नारा लगाएर उनीहरुले प्रर्दशन गरिरहेका छन् ।
प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार