भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु


 


काठमाडौं । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार तमिलनाडुको रेल मदुराई रेलवे स्टेसन नजिकै भएको उक्त घटनामा २० जना घाइते भएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो ।

लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्