महिला टि–२० सिरिज : नेपालले मलेसियालाई दियो मध्यम लक्ष्य


 


काठमाडौं, भदौ ८ । नेपालले महिला टि–२० आई सिरिजमा घरेलु टोली मलेसियालाई ८४ रनको मध्यम लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो । वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रनको योगदान दिइन् । ओपनर पुजा महतो भने पहिलो ओभरको पाँचौं बलमा ऐना हामिजाह हासिमको बलमा एक रनमा एलबीडब्लू आउट भएकी थिइन् ।

काजोल श्रेष्ठ २१ बलमा १ चौकासहित १८ रनमा आउट भइन् । अनुभवी ओपनर सीता रानामगर १३ बलमा ९ रन बनाउँदै आउट भइन् । सीता नुर दानैया स्युहदा सामादको बलमा मास एलिसा यासमिनबाट क्याच आउट भइन् ।

इन्दु बर्मा ३३ बलमा २० रन बनाउँदै आउट भइन् । कविता जोशी ४ रनमा नट आउट रहिन् । कविता कुँवर १ र समझना खड्का २ रनमा आउट भइन् । विन्दु रावल १ रनमा अविजित रहिन् ।

मलेसियाकी ऐना हामिजाह हाशिमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । नुर दानैआ सामादले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

महिराह इजाती इस्माइलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । यस खेलमा नेपाल विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा भरपर्नेछ ।

प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्