आत्मासमर्पण गरेका ट्रम्प २० मिनेट जेलमा बसे, २ लाख डलर तिरेर छुटे


 


एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरीकहाँ आत्मासमर्पण्न गरेर २० मिनेट जेलमा बसेर फर्किएका छन् ।

उनले बिहीबार फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ।

ट्रम्पमाथि अघिल्लो निर्वाचनमा धाँधली गरेको, चुनावी परिणाम उल्टाउन खोजेको सहित १३ अभियोग लगाइएका छन्। ट्रम्पले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताइरहेका छन्। सन् २०२४ मा ट्रम्पले फेरि राष्ट्रपतिको लागि उम्मेदवार बन्ने घोषणा गरि अभियान चलाइसकेका छन्।

उनी २ लाख डलर रकम जमानतका रुपमा राखेर रिहा भइसकेका छन् । सीएनएनका अनुसार ट्रम्पले जेलमा २० मिनेट भन्दा केही बढी समय बिताएका थिए। प्रक्रिया पूरा गरेपछि उनलाई जमानतमा रिहा गरिएको थियो।

जेलमा ट्रम्पको औँठाछापसहित उनको शरीरको उचाइ र तौल नापिएको थियो। यसअघि पनि ट्रम्पले तीन पटक अदालतमा आत्मसमर्पण गरेका थिए। तर उनी जेलमा गएका थिएनन् र अन्य कैदी सरह उनको ‘मगशट’ लिइएको थिएन।

अमेरिकी इतिहासमा नै कुनै पुर्व राष्ट्रपतिको ‘मगशट’ लिइएको यो पहिलो घटना भएको बताइएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्