मिस नेवाः नेपालको उपाधि सकिना महर्जनले जितिन्
काठमाडौं, भदौ ६ । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छिन् ।
नेप्लिज फेसन होमको आयोजनामा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् ।
१७ युवतीबीच भएको १७ औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितेकी छन् ।
प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार