मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेपछि…
काठमाडौं, मंसिर १७
संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।
संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव मैनालीले संशोधनको विरोध गरे । उनले कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरेपछि केहीबेर होहल्ला भयो ।
कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको नियमापत्ति जनाए र सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । त्यसपछि फेरि बोलेका मैनालीले संशोधन फिर्ता लिन माग गरे ।
मौनालीले बोलिसके लगतै एमाले, माले, राष्ट्रिय जनमोर्चासहितका दलका सांसद आ आफ्नो स्थानमा उभिए । सभामुखले पटक-पटक बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
संविधान संशोधनको विरोधमा विपक्षी दलहरुले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेका थिए ।
प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार