संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने -देउवा
विराटनगर , मंसिर १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता भई सकेको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने विस्वास ब्यक्त गरेका छन ।
आज बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
संशोधनको पक्षमा सबैले भोट हाल्ने विश्वास व्यक्त गर्दै संशोधन प्रस्ताव पास हुने उन्को भनाई थियो ।
प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार