फुटबलर विमलले प्रेमिका लिनासँग कसे लगनगाँठाे
काठमाडौं, भदौ ३ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले आफ्नो प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन् ।
विमलले आइतबार मन्दिरमा परिवारजनको उपस्थितिमा लगनगाँठो कसेका हुन् । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गरेका थिए । विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।
प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार